अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश

काठमाडाैं | असार २६, २०८१

अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश

काठमाडौं:     साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान न्युजर्सीमा सम्पन्न भएको कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो ।


पहिलो हाफको २३औं मिनेटमा जुलियन अल्भारेजले रोर्डिगो डे पाउलको पासमा पहिलो गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १(० ले अगाडी रहेको अर्जेन्टिनाले दोस्रो हाफको ५१औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फर्नान्डेजको पासमा दोस्रो गोल गर्दै फाइनल यात्रा पक्का बनाएका हुन् ।


लियोनल मेस्सीको कोपा अमेरिकामा यो पहिलो गोल हो । अब अर्जेन्टिनाले दोस्रो हुने सेमिफाइनल कोलम्बिया र उरुग्वेबीचको विजेतासँग फाइनल भिडन्त गर्नेछ ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्